६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


‘फ्रेन्च स्पाइडरम्यान’को विश्व किर्तिमान, कसरी बने त ‘स्पाइडरम्यान’? (फोटोसहित)


0
Shares

गत साता रोबर्टले ५४ वर्षको उमेरमा स्पेनको ‘द मेलिया बार्सिलोना स्काइ होटल’ सफलतापूर्वक माकुराले झैँ चढेपछि उनी सबैभन्दा धेरै गगनचुम्बि भवन चढ्ने स्पाइडरम्यान बनेका हुन्

११ वर्षकै उमेरमा आफ्नो आमाबाबुले अपार्टमेन्टभित्र थुनेर कार्यालय गएपछि उनी आँफै झ्यालबाट निस्केर स्पाइडरम्यानले जसरी तल झरेपछि साहसिक कामहरु गर्न थालेका थिए ।

रोर्बटले हात–खुट्टा र चकको धुलोको सहायताले स्पाइडरम्यानले झैँ अग्लो–अग्लो घरहरु चढेर थुप्रै विश्व किर्तिमान कायम गरिसकेको छन् । अहिलेसम्म उनले १२१ ओटा विल्डिंग चढिसकेका छन् ।

सन् १९९४ मा नै न्युयोर्क सिटिको करिव ४५० मिटर अग्लो एम्पायर स्टेट विल्डिंग चढेपछि गोल्डेनगेट ब्रिज, आइफल टावर, सिड्नी ओपेरा हाउस, वील्स टावर, द सिटि टावर, एडिफिको इटालिया, पोर्टलयान्ड हाउस, सिंगापुर फ्लाएर र नेशनल बैंक अफ आबुधाबिसमेत चढिसकेका छन् ।

रोबर्टले पहिलोपटक ‘द माउन्टेन’ नामक फिल्मबाट कसरी पहाड चढ्न सकिन्छ भन्ने कुरा सिकेपछि स्पाइडरम्यान बन्न ठूलो प्रेरणा मिलेको बताए ।

उनी भवन चढ्ने क्रममा कैयौँपटक दुर्घटना भएर अस्पतालको बेडमा सुतेपनि, प्रहरीले समातेर जेल सजाय पाएपनि स्पाइडरम्यान बन्न नछोडेको बताउँछन् । उनले चिनमा ६ दिन, जापानमा ९ दिन, अमेरिकामा ७ दिन र अन्य धेरै ठाउँमा जेल बस्नुपरेको बताए । तर, सन् २००९ मा मलेसियामा उनले पाँच वर्षको जेल सजाय पाएका थिए ।

सन् २०१२ मा कुटनितिक पहलमा दुबईको  सबैभन्दा अग्लो भवन ‘द ब्रुज खलिफा’ चढ्ने अनुमति पाए । करिव ८३० मिटर अग्लो उक्त भवन चढ्ने अवसरलाई उनले ६ घन्टा १३ मिनेटमा पुरा गरेर विश्व चर्चीत ‘स्पाइडरम्यान’ बने । उनले त्यतिखेर सबैभन्दा अग्लो विल्डिंग कम समयमा चढ्ने ‘स्पाइडरम्यान’को विश्व किर्तिमानसमेत कायम गरेका थिए ।

अहिले उनी विश्व चर्चित फ्रेन्च स्पाइडरम्यानको नामले चिनिएका छन् । उनले आफ्नो पेशाबाट कमाएका इज्जतलाई ‘ग्लोबल वार्मिंग’जस्ता विश्वव्यापि समस्या समाधानको लागि चेतनामुलक कार्यमा लगाउने बताएका छन् ।