११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘आमाको आँगन’ महाकाव्य सार्वजनिक


0
Shares

ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको उक्त महाकाब्यको पूर्व मूख्य सचिव डा.विमल कोइरालाले विमोचन गरेका हुन् ।

धादिङमा बसेर नेपाली साहित्यको क्षेत्रमा कमल चलाउँदै आएका डा.पहाडीले यस पुस्तकमा जात, वर्ग, लिंग र धर्मका आधारमा नेपाललाई गर्न खोजिएको विभाजन र त्यससबाट यहाँका वासिन्दामा परेको पीडालाई समेटेका छन् ।

महाकाब्यमा गणतान्त्रिक नेपालमा राष्ट्रलाई जोड्ने योजक बाँकी नरहेको भन्दै लेखकले चिन्ता ब्यक्त गरेका छन् ।

डा.पहाडीले यसअघि कृष्ण, प्रकृतिका पूजारी भूमि, सिर्जना, साधना र चेतनाको त्रिवेणी जस्ता कृतिहरु लेखिसकेका छन् ।