
चिकित्सकको लापरवाहीले धादिङ त्रिपुरा ६ घर भई पोखरा नयाँबजार बस्दै आएकी ३५ वर्षीया शान्ता भण्डारी र उनका नवजात शिशुको ज्यान गएको आरोप आफन्तले लगाएका हुन् ।
मृतकका आफन्तका अनुसार भण्डारी मंगलबार (हिजो) दिउँसो साढे १० बजे मणिपाल शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् । सामान्य अवस्थामा सुत्केरी भएकी भण्डारीले मृत अवस्थामा शिशु जन्माएको अस्पतालले जनाएको थियो ।
शिशु जन्मेको करीब तीन घण्टापछि चिकित्सकले शान्तालाई पनि मृत घोषणा गरेपछि उनका आफन्त आक्रोशित भएका हुन् ।
सामान्य अवस्थामा सुत्केरी भएकी भण्डारीको स्वास्थ्य अवस्थामा खरावी आएकोबारे जानकारीसम्म नदिई मृत घोषणा गरिएको आफन्तहरुको आरोप छ ।
अस्पताल प्रशासनमा धर्ना दिँदै उनीहरुले सत्यतथ्य पत्ता लगाएर दोषी चिकित्सकमाथी कार्वाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्