७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मे २ तारिखलाई सूचना तथा सन्चार–प्रविधि दिवसकारुपमा मनाइने


0
Shares

                                                                                   फाइल फोटो

‘क्यान’ महासंघको अगुवाइमा विगत ७ वर्षदेखि मे २ तारिखलाई सूचना तथा सन्चार–प्रविधि दिवसकारुपमा मनाउँदै आएको थियो ।

क्यान महासंघको प्रस्ताव अनुरुप हालैको मन्त्रिपरिषद बैठकले यो दिनलाई औपचारिकरुपमै ‘सूचना तथा सन्चार–प्रविधि दिवस’कारुपमा मनाउने निर्णय गरेको हो ।

क्यान महासंघले विज्ञप्ति जारी गरी यो निर्णय सूचना तथा सन्चार–प्रविधि क्षेत्रमा संघर्षरत् व्यक्ति तथा संस्थाहरुका लागि गौरवपूर्ण र ऐतिहासिक भन्दै सरकारको यो निर्णयले आफूहरुलाई थप हौसला र उत्प्रेरणा प्राप्त भएको जनाएको छ ।