१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘रेटिनोब्लास्टोमा’रोगबाट पीडित ४ वर्षीया बालिका मन्सरा बचाऔँ अभियान शुरु


0
Shares

गत सालदेखि नै कालीकोटको दुर्गम भेगका बासिन्दाको स्वास्थ्य सुधारका लागि क्रियाशील मिसनले मनसराको आँखाको शल्यक्रियाका लागि अभियान सुरु गरेको हो ।

कालीकोट रास्कोट नगरपालिका–७ निवासी रने लुहारकी चार वर्षीया छोरी मनसराको आँखामा केही महिना अगाडि सामान्य चोट देखिएपनि उपचारको अभावमा उक्त समस्याले घाउको रूप लिएर बढ्दै गएपछि अहिले आँखो छोपिएको र घाउ दिनदिन बढ्दै र कुहुँदै गएकोे छ ।

मान्मा अस्पतालमा कार्यरत अहेब दीर्घबहादुर नेपालीले उनको उपचार जिल्लामा सम्भव नभएकाले काठमाडौं अथवा अन्य स्थानमा लानुपर्ने बाध्यता देखापरेको बताए । मिसन बेटर नेपालले मनसरालाई काठमाडौं ल्याउने तयारी गरेको अभियानका सल्लाहकार महेश पौड्यालले जानकारी दिए ।

सो रोग ‘रेटिनोब्लास्टोमा अल्सरेटिभ ट्युमर’ भनिने क्यान्सरजस्तो रोग भएको त्रिपुरेश्वर आँखा अस्पतालका नेत्र चिकित्सकले जनाएका छन् । चिकित्सकले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मनसरालाई भर्ना गर्न सल्लाह दिएअनुसार बेटर नेपालले भर्नाका लागि पहल गरिरहेको संयोजक रवीन खतिवडाले जानकारी दिए ।

मनसराको उपचारका लागि अर्थ संकलन पनि भइरहेकाले इच्छुक दातालाई मनसरा लुहारकै नाममा सानिमा बैंक मान्मा शाखामा खोलिएको खाता नं ०४४०००००१०० मा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरिएको छ । रासस

सात वर्षीय बालक ‘रेटिनोब्लस्टोमा’ रोगका कारण खान र बोल्न सक्दैनन् (फोटोसहित)