११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रधानमन्त्री दाहालसहित ९ जनालाई ‘शताब्दी पदक’


0
Shares

                                                                                 फाइल फोटो
निकेतनले नेपाली वाङ्मयका शिखर व्यक्तित्व वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीको जीवनभरिको योगदानलाई मूल्यांकन गरी उनको गरिमामय उचाइ अभिवृद्धिका लागि अति महत्वपूर्ण योगदान पुर्‍याउने प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

पूर्वउपप्रधानमन्त्री कमल थापा, पूर्वमन्त्रीद्वय दिलनाथ गिरी तथा दीनानाथ शर्मालाई पनि सो पदक समर्पण गर्ने त्रिमूर्ति निकेतनले निर्णय गरेको छ ।

त्रिमूर्ति निकेतनले नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी, नेपाल सरकारका तत्कालीन निमित्त सचिव बुद्धिसागर लामिछाने, प्रा. डा. प्रेम खत्री, डोलिन्द्रप्रसाद शर्मा र श्रीमती जयन्ती प्रधानलाई पनि ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

१३औं त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीबाट ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गरिने कार्यक्रम रहेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाइँको अध्यक्षतामा सोमबार बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो । रासस