१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अछाममा झाडापखालाबाट एक महिलाको मृत्यु


0
Shares

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५, नेटाकोटकी ३५ वर्षीया कोकिला टमाटाको पखालाका कारण गएराति मृत्यु भएको हो ।

आर्थिक अवस्था कमजोर रहेकी उनको समयमा उपचार नपाउँदा मृत्यु भएको स्थानीयले बताएका छन् । उनलाई एक सातादेखि झाडापखाला लागेको थियो ।

उनका श्रीमान् रोजगारीको सिलसिलामा मुम्बईमा छन् ।