
फाइल फोटो
नेपाल क्यान्सर अस्पताल हरिसिद्विको शनिबार (आज) औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठूलो धनराशि खर्च गर्नपरिरहेको उल्लेख गरिन् ।
उनले भनिन्,–‘क्यान्सरजस्तै कडा रोगको उपचारमा ठूलो खर्च भइरहेको छ । सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा सुधारका कदम चालेको छ । निजी अस्पतालले पनि उपचारमा विश्वासनीयता बढाउँदै लगेको छ ।’
कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारको एक्लो प्रयासले मात्र स्वास्थ्य सेवाका उद्देश्य पूरा नहुने भएकाले जनतालाईसँगै लैजान यसै वर्षमा ‘मेरो वर्षः म स्वस्थ मेरो देश स्वस्थ’ नामक अभियान सुरु गरेको स्पष्ट पारे ।
उनले भने,–‘कडा रोगको उपचार सहज र सस्तो बनाउन प्रारम्भिक अवस्थामा रोगको पहिचान र उपचार गर्न हरेक रोगको प्रोटोकल बनाउन लागिएको छ । त्यसको सुरुवात क्यान्सर प्रोटोकलबाट सुरु भइसकेको छ । भने हरेक स्वास्थ्य केन्द्र र जनता स्वास्थ्य क्लिनिकबाट नसर्ने रोगको परीक्षण र उपचार सुरु गरिएको छ ।’
उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै रोगको उपचार नेपालमै सम्भव बनाउन निजी क्षेत्रले पनि सकारात्मक भूमिका खेलेको बताए ।
नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.सुदिप श्रेष्ठले उच्चस्तरीय क्यान्सर रोगको उपचार दिन चुनौतीको सामना गर्दै अस्पताल सुरु गरिएको बताए ।
नेपाल क्यान्सर अस्पताल निजी क्षेत्रबाट सञ्चालित पहिलो सेवाग्राही अस्पतालको रुपमा रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्