१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता


0
Shares

नेपालको स्वास्थ्योपचारलाई गुणस्तरीय र प्रभावकारी बनाउन नेपालकै अवस्थानुसारको उपचार उपकरण बनाउँदा सस्तो र गुणस्तरीय हुनाका साथै नेपाली आविष्कारलाई समेत प्रेरण मिल्ने भएकाले स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रबीच शुक्रबार (आज) सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतानुसार मन्त्रालयले केन्द्रले आविष्कार गर्ने हरेक प्रविधिलाई आर्थिकलगायत प्रविधि र उपकरणको कार्यान्वयनका लागि सहयोग गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा.डा.अञ्जनीकुमार झाले स्वास्थ्यमा विज्ञानको महत्वपूर्ण स्थान भएकाले नेपालीलाई चाहिने प्रविधि र उपकरण आवश्यकताबारे नेपाली नै बुझेकाले त्यसले स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यबिना कुनै प्रविधि र उपकरणलाई कार्यान्वयनमा लैजान नसकिने भएकाले आपसी सहकार्यमा नयाँ उपकरण आविष्कार र सेवालाई चुस्त बनाउन सकिने बताए ।

उनले भने,–‘हामीले तीनवटा विषयमा चार टिम बनाएर काम गरिरहेका छौँ । नेपाली इन्जिनियरहरुले औषधि बोक्ने ड्रोन, बच्चालाई इन्कोभेटर र प्यारालाइसिस भएको व्यक्तिका लागि सोचेर आफ्नो सहयोगीलाई आफ्ना आवश्यकता बताउन सक्ने एप बनाउन काम गरिरहेका छन । यस्ता उपकरण र प्रविधि कसरी प्रयोग गर्ने, गाउँगाउँमा सेवा कसरी पु¥याउने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले मात्र काम गर्नसक्ने भएकाले सहकार्य आवश्यक थियो ।’

ती प्रविधि र उपकरण आउन करिब एक वर्ष लाग्ने पुनको भनाइ छ । रासस