
फाइल फोटो
केही सञ्चारमाध्यममा १५ दिनमा देशभर औषधि अभाव हुने भन्ने समाचार आएपछि नेपाल औषधि उत्पादक संघले ९० दिनलाई पुग्ने कच्चापदार्थ नेपाली उत्पादकसँग रहेको स्पष्ट पारेको हो ।
शुक्रबार (आज) एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले कुनैपनि विशेष औषधिको माग भएको अवस्थामा उपलब्ध गराउन सकिने स्पष्ट गर्दै औषधिको अभाव नहुने दाबी गरेका छन् ।
औषधि अभावबारे समाचार आएलगत्तै बसेको संघको आकस्मिक बैठकमा भूकम्प र नाकाबन्दीको समयमा समेत देशभर औषधि अभाव हुन नदिएको पृष्ठभूमि स्मरण गराउँदै सरकारले चाहेका बेलामा कुनैपनि किसिम र प्रकारका औषधि उपलब्ध गराउन सक्षम रहेको संघले जनाएको छ ।
औषधि अभाव हुने समस्या सरोकारवाला निकाय र आम उपभोक्तामा भ्रम सिर्जना भएकाले भ्रममा नर्पन अध्यक्ष घिमिरेले आग्रह गरे ।
संघले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाको नियमबमोजिम नेपाल सरकारबाट बोलपत्रमा माग भएका औषधि पनि आपूर्ति गर्दै आएको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्