
एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, इइजी, इन्डोस्कोपी, पञ्चकर्म, क्षारसूत्र, अकुपन्चर, थेराप्युटिक योगजस्ता सेवा सो केन्द्रले सुरु गएको हो ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले सो सेवाको बिहीबार (आज) उद्घाटन गर्दै नयाँ संरचनानुसार प्रत्येक गाउँपालिकादेखि महानगरपालिकासम्म आयुर्वेद तथा वैकल्पिक चिकित्साको विकास गरिने बताए ।
आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्यायले मुलुकमा रहेका लोपोन्मुख जडीबुटी तथा खनिज तत्वलाई संरक्षण तथा विस्तारका लागि आवश्यक रणनीति तयार गर्नुपर्नेमा जोड दिए ।
केन्द्रका अध्यक्ष डा.ऋषिराम कोइरालाले हस्तलिखित ग्रन्थबाट विकास भएका उपचार पद्धति आयुर्वेदमा अपनाइने भएपनि त्यसको सिद्धान्त, मान्यता तथा अभ्यासलाई थप खोज अनुसन्धान गर्ने उद्देश्य केन्द्रले लिएको बताए ।
केन्द्रका कार्यकारी निर्देशक सिद्धार्थकुमार ठाकुरका अनुसार चीन सरकारको सहयोगमा करिब ३० रोपनीको क्षेत्रफलमा रु डेढ करोडको लागतमा सो संस्था स्थापना गरिएको र जडीबुटी तथा प्राकृतिक स्रोतको अनुसन्धान र स्तरीकरणका लागि केन्द्रले काम गर्ने जानकारी गराए । रासस
प्रतिक्रिया दिनुहोस्