१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


घाइतेको मृत्युपछि चितवन मेडिकल कलेजमा तोडफोड


0
Shares

फाइल फोटो

प्रहरीले तोडफोडमा संलग्न सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही जेठ १२ गते पूर्वी चितवनको खैरहनीमा ना ४ च १३०६ नं को बोलेरो गाडीले ना ४५ प ३२८७ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राप्ती–९ बस्ने १७ वर्षीय रोमन तामाङको बिहीबार (आज) उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले गम्भीर अवस्थामा रहेका तामाङको फोक्सोमा गहिरो चोट लागेकाले अवस्था खतरापूर्ण रहेको यसअघि नै जानकारी गराइएपनि मृत्युपछि अस्पताल तोडफोड गरिएको बताए । रासस