२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

टोपेखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात अवरुद्ध


0
Shares

चितवन, असार २० । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ छ ।

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी छ । (रासस)