१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


सूर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक दिन ४२ जनाको मृत्यु


0
Shares

चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न धार्मिक संघसंस्था एवं विद्यार्थी सम्मिलित र्‍याली नगरको विभिन्न ठाउँको परिक्रममा पछि पुनः भृकुटीमण्डमा पुगि सभामा परिणत भएको थियो ।

सभाका सहभागी चिकित्सकहरुले सुर्तीजन्य पदार्थबाट क्यान्सर, दम, हृदय रोगलगायतको समस्या निम्तिने भएकाले तल्लो स्तरसम्म जनचेतना पुर्‍याउनुपर्ने जरुरी भएको बताएका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार सूर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिब ४२ जना र प्रतिघण्टा दुई नेपालीको मृत्यु हुने गरेको छ ।

विश्वमा सूर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या १ अर्ब ३० करोडभन्दा बढी भएको अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक छ सेकेन्डमा एक जनाको सूर्तीजन्य पदार्थको असरले नै मृत्यु हुने गरेको छ ।