१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरेर गणतन्त्र दिवस मनाइयो


0
Shares

गणतन्त्र दिवस मूल समारोह समिति पर्वतको व्यवस्थापन तथा पर्वतस्थित पाँचवटै लायन्स क्लबको सहयोगमा आँखा परीक्षण गरिएको हो ।

कारागारामा रहेका अधिकांश कैदीबन्दीको आँखा तथा स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

कारागारमा रहेर बन्दी जीवन बिताइरहेका ८७ जनाको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो । सात जना महिला र ८० जना पुरुषको आँखालगायत अन्य स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लबका अध्यक्ष विषमकुमार श्रेष्ठले जानकारी दिए ।

परीक्षणका क्रममा मोतियाबिन्दुका बिरामी भने भेटिएका छैनन् । उनीहरुलाई ११ वटा चस्मासमेत निःशुल्क वितरण गरिएको थियो । आँखा बिरामीको परीक्षण हिमालय आँखा अस्पताल पोखराका चिकित्सक र अन्य स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पर्वतका चिकित्सकद्वारा गरिएको बताइएको छ । रासस