
मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई रहेकी छिन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको मृतकका श्रीमान् जग्गीप्रसादले जानकारी दिए ।
भट्टराईलाई जुम्ला अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
भट्टराईको उच्च रक्तश्रावका कारण मृत्यु भएकोे प्रतिष्ठान जुम्लाका डा.राजीव शाहले जानकारी दिए । ‘गर्भवतीलाई टेम्पुमा बेहोस अवस्थामा ल्याइएको थियो, होसमा नआई उनको मृत्यु भयो’ उनले भने ।
रक्तश्राव अघिल्लो दिनदेखि भएको तर पारिवारिक हेलचक्र्याइँका कारण बिरामीलाई समयमै अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको उनको भनाइ छ ।
डा.शाहका अनुसार ज्ञानुको यसअघि दुई ओटा शल्यक्रियाबाट नैै शिशु निकालिएको थियो । स्थानीयवासीका अनुसार ज्ञानुलाई जुम्ला सदरमुकामबाट २० किमी दूरीको कुडारी लुम्सेरा गाउँबाट बसमा उपचार गर्न अस्पताल ल्याइएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्