
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले एचआइभीको उच्च जोखिममा रहेका समुदायबीचमा गरेको जैविक तथा व्यवहारिक अध्ययनले यस्तो देखाएको हो ।
जसमा सूईद्वारा लागुपदार्थ प्रयोग गर्ने तराईका २३.७ प्रतिशत महिलामा हेपाटाइटिस–सीको जोखिम उच्च रहेको देखाएको छ, भने २.२ यौनकर्मी महिलामा एचआईभी जोखिम उच्च रहेको देखाएको छ ।
यस्तै, पोखरा जिल्लाका ३३.३ प्रतिशत महिलामा एचआइभी र हेपाटाइटिस–सीको संक्रमण उच्च रहेको देखाएको छ, भने पश्चिमाञ्चल र सुदुरपश्चिामाञ्चलका सात जिल्लाका ५.३ पुरुष र १.९ प्रतिशत महिलाले सूई प्रयोगगरी लागू पदार्थ सेवन गर्ने गरेकाले एचआइभीको जोखिम रहेको देखाएको छ ।
कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र निर्देशक डा.तरुण पौडेलले एचआइभिको उच्च जोखिममा रहेका समुदायमा एचआइभीको बढ्दो दर पत्ता लगाउन र यौनरोग सम्बन्धि जोखिम पत्ता लगाउन अनुसन्धान गरेको बताए ।
सूईद्वारा लागुपदार्थ प्रयोग गर्ने महिला पुरुषमा कुन–कुन जोखिम उच्च हुन्छ भन्ने पत्ता लगाई एचआइभी रोकथामको लागि नीति र रणनीति बनाइने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्