
वातावरण सफा भए स्वास्थ्य र जीवन सफल बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ नेपालमा सरसफाइ दिवस मनाइएको हो । यसक्रममा नयाँ बसपार्क क्षेत्रमा सरसफाइ गरियो ।
गर्मी बढ्दै जाँदा फोहोर र दुर्गन्धले रोग–ब्याधी ल्याउनेसक्ने भन्दै ‘वी लभ यु’ फाउन्डेसनले नयाँ बसपार्क क्षेत्रमा सफाइ गरेको हो ।
‘सफा पृथ्वीको लागि सचेत बनौं’ भन्ने सन्देशसहित संस्थाले मुख्य सहर, पार्क, खोला र मानिस बढी भीडभाड हुने क्षेत्रमा सरसफाइ गर्दै आएको छ ।
यस अवसरमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ पनि बसपार्क पुगेर सरसफाइ अभियानमा सरिक भए ।
स्वास्थ्य अभियान व्यक्ति, घर, समाजबाट सुरु गर्नुपर्ने भन्दै उनले स्वस्थ जीवनका लागि स्वस्थ वातावरण अत्यावश्यक रहेको उल्लेख गरे ।
जलवायु परिर्वतनले मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने गरेको भन्दै उनले लामो खडेरीका कारण बढ्दो गर्मी, हावाहुरी र दुर्गन्धले मानव स्वास्थ्यमा नकरात्मक असर पार्ने बताए ।
नयाँ बसपार्क क्षेत्रमा फालिएका अखाद्यवस्तु र बसपार्क भित्रने यात्रीले प्रयोग गरेका मैलाजन्य वस्तुले त्यस क्षेत्रको वातावरणमा नकरात्मक असर गरेको जनाइएको छ ।
बसपार्क क्षेत्रको चोक–चोकमा जथाभावी फोहोरमैला थुपार्नुका साथै कुकुरलगायत मारिएका जनावर त्यसस्थलमा मिल्क्याइँदा वातावरण दुर्गन्धित भइ हिँड्दा पनि नाक थुन्नुपर्ने अवस्था भएको छ ।
प्रतिक्रिया दिनुहोस्