५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


मुसासँग बसेर कफी र केक खान पाइने क्याफे


0
Shares

अमेरिकास्थित उत्तर क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा खुल्न लागेको उक्त क्याफेमा मुसासँग टेबलमा बसेर कफी र केक खान सकिने छ ।

ग्रैहनाफामुलक संस्था ‘र्‍याट्टि र्‍याट्ज’ले मुसालाई पनि अरु जनावरजस्तै माया गरेर घरमा पाल्न सकिन्छ भन्ने संदेश दिनका लागि उक्त क्याफे सन्चालन गर्न लागेको बताएको छ ।

संस्थाकाअनुसार आगामी जुलाईदेखि क्याफे सन्चालनमा आउने छ ।

बेलायती अनलाइन ‘मेट्रो’काअनुसार ग्राहकले मुसासँग बसेर कफी र केक खाएको करिब ५ हजार रुपैयाँ (५० अमेरिकी डलर) शुल्क तिर्नुपर्नेछ ।

यदि त्यहाँ आउने ग्राहकलाई कुनै मुसाले मन पराएमा घरसमेत लान सकिने छ । तर, मुसालाई हानि पुयाउने कार्य भने गर्न नपाइने सर्त राखिएको छ ।

‘द ब्ल्याक र्‍याटज् क्याफे’ नाम राखिएको उक्त क्याफे विशुद्ध मुसाप्रेमीहरुलाई लक्षित गरी खोल्न लागिएको हो ।

उक्त संस्थाले अहिले २५० भन्दा बढी मुसाहरु संकलन गरेर कफी र केक खान सिकाइएको बताएको छ ।

सन् १९९८ मा नै स्थापना भएको ‘र्‍याट्टि र्‍याट्ज’ले सुरुदेखि नै मुसाबारे खोज–अध्ययन गर्दै उनीहरुको संरक्षणमा विशेष चेतनामूलककार्य गर्दै आएको मेट्रो अनलाइनले उल्लेख गरेको छ ।