१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम


0
Shares

पाँचथर, असार २० । महिला हिंसाका घटना बढ्न थालेपछि पाँचथरको याङ्वकर गाउँपालिकाले किशोरीहरुलाई आत्मरक्षासम्बन्धी जीवनपयोगी तालिम प्रदान गरेको छ ।

गाउँपालिकाले जस्तोसुकै परिस्थितिको डटेर सामना गर्न र मनोविमर्शसम्बन्धी तीन दिने तालिम प्रदान गरेको हो ।

याङवरक गाउँपालिकाको आयोजनामा सञ्चालित तालिममा किशोरीलाई आत्मरक्षा, मानव वेचविखन, मनोपरामर्श र मनोविमर्शसम्बन्धी तालिम प्रदान गरिएको हो । तालिममा ४५ जना महिला सहभागी थिए ।