५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


एउटै राँगाको मूल्य ४० करोड !


0
Shares

हरियाणा कृषि तथा कृषक कल्याण विभागले फरिदावाद जिल्लाको सुरजकुन्डमा आयोजना गरेको तीनदिने ‘एग्री लिडरसिप समिट २०१७’मा सबैभन्दा बढी आकर्षण बनेको उक्त *राँगाको मूल्य २५ करोड भारु रहेको गोरुमालिकले बताएका हुन् ।

दिदवारी गाउँमा दूधडेरी चलाउने नरेन्द्र सिंहले पालेको शहन्शाह नाम गरेको उक्त राँगाको लम्बाइ पाँच फिट १० इन्च रहेको छ ।

सिंहकाअनुसार उक्त राँगाले सन् २०१६ मासमेत उत्तर प्रदेशभरिको पशुमध्ये सबैभन्दा उत्कृष्ट स्थान हासिल गरेकोे थियो ।

उक्त राँगाको आमाले अझैसम्म दैनिक २७ लिटर दूध दिइरहेको सिंहले बताए । उनकाअनुसार शहन्शाहले दैनिक १० लिटर आमाको दूध र आधा लिटर घिउ खाने गर्दछ ।

सिंहले केहि वर्षपछि शहन्शाहको वीर्य बेचेरमात्र वार्षिक ५० लाख भारु कमाइ हुने बताएका छन् ।

उक्त गाउँमा अर्को किसानको त्यही जातको ‘रस्तम’ नाम गरेको शहन्शाहभन्दा केहि जेठो राँगा रहेको बताउँदै उनले भने–‘अहिले रस्तमको मालिकले रस्तमको वीर्य बेचेरमात्रै वार्षिक ५० लाख भारु कमाइरहेका छन् ।’ (एजेन्सी)

*राँगा हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्नगएकोले सच्याइएको छ’–सम्पादक ।