११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


वरिष्ठ साहित्यकार शर्माको निधन


0
Shares

अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व थिए ।

शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए ।

प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ः०० बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने र ३ः०० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । उनको एक छोरी छिन्। रासस