१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


‘पोषणसम्बन्धी जनचेतना बढाउन विद्यार्थी बढी प्रभावकारी’


0
Shares

परिषदले दोलखा र रामेछाप जिल्लाका ३० ओटा विद्यालयमा गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष निकालेको हो ।

‘भेजिटेबलस् गो टु स्कुल’ प्रोजेक्टअन्तर्गत् २३ सातासम्ममा ६ र ७ कक्षाका विद्यार्थीलाई दिएको तालिमपछि यस्तो पोषणसम्बन्धी जनचेतना बढाउन विद्यार्थीलाई प्रयोग गर्नुपर्ने निष्कर्ष निकालेको परिषदले जनाएको हो ।

शुक्रबार राजधानीमा गरेको कार्यक्रममा दुई जिल्लाका विद्यालय परिसरको खाली भागमा तरकारीखेती लगाउन विद्यार्थी एवं शिक्षकलाई प्रशिक्षण दिइएको र यसबाट उनीहरुमा पोषणसम्बन्धी ज्ञान, सीपमा वृद्धि आउनुका साथै जनचेतनासमेत बढाउन निकै उपयोगी भएको जनाएको छ ।

यो परियोजनाले विद्यार्थीलाई कुपोषण र विभिन्न रोगबाट जोगिन पोषणजन्य खाद्यान्नको महत्व बुझाउन पनि सफल भएको परिषदले जनाएको छ ।