
उपक्षेत्रीय अस्पताल विकास समितिले रु ४० लाखको लागतमा ‘केमो लिमिनिसनस इमोनोएसे’ मेसिन जडान गरेपछि अस्पतालले ‘किलिया’ सेवा सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शुक्रबार (आज) सो सेवाको शुभारम्भ गरेका हुन् ।
प्रयोगशालामा जडान गरिएको सो उपकरणका माध्यमले नसर्ने रोग परीक्षण गरी बिरामीलाई रोग लाग्नु अघि नै रोगका बारेमा जानकारी दिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चितरंजन साहले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको विशेष पहलमा सो मेसिन जडान गरिएको हो । उच्च रक्तचाप, मधुमेह, क्यान्सरलगायत रोगबारे ‘किलिया’ विधिबाट बिरामीको रगत परीक्षण गरी रोग पत्ता लगाउन सकिने साहले बताए ।
अस्पतालले प्रारम्भ गरेको उक्त सेवाबाट बाझोपन, थाइराइड, हार्मोन, ट्युमरलगायत एक सय २० प्रकृतिका रोगको परीक्षण गर्न सकिने छ ।
‘अब यहाँका बिरामीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ,’ अस्पतालका प्रयोगशाला प्रमुख श्रवणकुमार मिश्रले भने । रासस
प्रतिक्रिया दिनुहोस्