
सेअरेरले गत साता स्कुलका विद्यार्थीहरुको एक समूहसँग सेल्फ पोट्रेट फोटोग्राफ्स (सेल्फी) तीन मिनेटभित्र खिचेर विश्व कीर्तिमान बनाएका हुन् ।
उनले एलन सेअरेर फाउन्डेसनका लागि स्कुले बालबालिकाको सहयोगमा विश्व कीर्तिमान बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले उल्लेख गरेको छ ।
गिनिज बुककाअनुसार गसफोर्थस्थित साउथ नर्थ क्रिकेट क्लबनजिकै लाइनमा बसेका ३ देखि १८ वर्षका १३४ जना स्कुले बालबालिकासँग तीन मिनेटभित्रमा सेअरेर आफैंले उनको आइफोनमा सेल्फी खिचेका थिए ।
गिनिज बुकका अधिकृत प्रभिन पटेलले सेअरेरलाई विश्व कीर्तिमानको प्रमाणपत्र दिएका छन् । पटेलले विश्व कीर्तिमानमा यस्तो रेकर्ड नयाँ र फरक भएको बताए ।
सेअरेरले यो एक किसिमको चुनौती भएपनि निकै रमाइलो अनुभव गरेको बताए ।
गिनिज बुककाअनुसार यसअघि सबैभन्दा कम समयमा धेरै सेल्फी खिच्ने व्यक्तिको कीर्तिमान भारतका नागरिक सुखप्रित सिंहको नाममा थियो ।
सिंहले गत वषको जनवरी महिनामा हुवाई कम्पनीले दुबईमा आयोजना गरेको कार्यक्रममा कीर्तिमान बनाएका थिए ।
त्यसअघि, यस विधामा कीर्तिमान राख्नेहरुमा चर्चित फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो, चर्चित रेस्लर द रकसमेत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्