१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


निःशुल्क स्वास्थ्य शिविरमा पाए पाँच हजार बढीले उपचार सेवा


0
Shares

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सन्चालित बृहत् निःशुल्क शिविरमा ३२ जनाको ‘मेजर सर्जरी’ र ६८ जनाको ‘माइनर सर्जरी’समेत गरिएको छ ।

शिविरमा मेजर सर्जरीअन्तर्गत् एपेन्डिससाइटिस, पायल्स, हर्नियाको शल्यक्रिया गरिएको छ भने विभिन्न प्रकारका गाँठागुठीको माइनर सर्जरी गरिएको छ ।

शिविरमा संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुमका ग्रामीण क्षेत्रबाट बिरामी आएका थिए ।

शिविरमा वीर अस्पतालका विभागीय प्रमुख एवं नाक–कान–घाँटी विषेशज्ञ डा. ढुण्डीराज पौडेलसहित काठमाडौं, धरान र चितवनका विभिन्न अस्पतालका ३० जनाभन्दा बढी चिकित्सकले सेवा दिएका थिए ।

वैशाख १४ गतेबाट सुरु भएको स्वास्थ्य शिविर वैशाख १९ गतेसम्म चलेको थियो ।