
भारतले अन्तरिक्ष कुटनीतिका रुपमा यो महत्वाकांक्षी परियोजना अघि बढाएको हो । ५ मेका दिन यो भू–उपग्रह प्रक्षेपण गरिने जनाइएको छ । भारतले पहिलोपटक दक्षिण एसियाली मुलुकका लागि भू–उपग्रह प्रक्षेपण गर्न लागेको हो ।
सुरुमा यसलाई ‘सार्क सेटेलाइट’ नाम दिने तयारी थियो तर पाकिस्तानले आफू यसको हिस्सा नबन्ने बताएपछि यसलाई ‘दक्षिण एसिया सेटेलाइट’ भनिएको हो । पाकिस्तानले आफूलाई भारतको कुनै प्रकारको उपहार नचाहिने भन्दै यसमा सामेल हुन अस्वीकार गरेको हो ।
यो भू–उपग्रहका माध्यमबाट सार्कका सात मुलुकबीच टेलिकम्यूनिकेसन र प्रशारणसम्बन्धी सेवाहरु सहज हुने बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्