१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


स्मार्टफोनबाट मधुमेह रोगको उपचार सम्भव !


0
Shares

हालै मुसामा गरिएको परीक्षण सफल भएपछि मानवमा पनि मधुमेह रोगको उपचार स्मार्टफोनबाट सम्भव हुने निश्कर्षमा वैज्ञानिकहरु पुगेका हुन् ।

वैज्ञानिकहरुका अनुसार मुसाको कोशिकाको गतिविधि नियन्त्रणमा स्मार्टफोन प्रयोग गरिएको थियो । जीव विज्ञान र प्रविधिको माध्यमबाट मुसाको रगतमा डाइबिटिजको मात्रा नियन्त्रण सम्भव भएको बताइएको छ ।

‘साइन्स ट्रान्सलेसन मेडिसिन’ मा प्रकाशित रिपोर्टअनुसार यो प्रविधिबाट मधुमेह रोगको उपचारका लागि ठूलो मद्दत पुग्नेछ ।

मानिसमा यसको प्रयोग कहिलेसम्म हुन्छ भन्ने खुलाइएको छैन । तर प्रारम्भिक नतिजा सकारात्मक र उत्साहप्रद रहेको भन्दै उनीहरु थप अनुसन्धानमा जुटेको बताइएको छ । (एजेन्सी)