
होपफोर्स इन्टरनेसनल र एप्पल अफ गड आइज स्कुलको सहयोगमा डेन्टल हाइजेनिष्ट हरि पुरी र डा. अजीत पाठकले दोलखा, काभ्रे र काठमाडौंमा निःशुल्क शिविरको आयोजना गरेको हुन् ।
गत वैशाख ५ गतेदेखि १४ गतेसम्म सन्चालन भएको ती शिविरमा करिब ८०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको डा.अजीत पाठकले जानकारी दिए ।
डा.पाठककाअनुसार वैशाख ५, ६ र ७ गते दोलखाको देउरालीमा सम्पन्न शिविरमा २७३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने वैशाख १० र ११ गते काभ्रे, पाँचखालको आँपघारीमा सम्पन्न शिविरमा २२२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
यस्तै, वैशाख १२, १३ र १४ गते काठमाडौंको जोरपाटीस्थित सिवाड्स इंग्लिस स्कुल र नारायणस्थानस्थित एप्पल अफ गड आइज स्कुलमा सम्पन्न शिविरमा ३०० जनाले स्वास्थ्य परीक्षण गराएको जनाइएको छ ।
डा.पाठकका अनुसार परिक्षण गरीएकोमध्ये ३४६ जनामा मुख तथा दाँत सम्बन्धि समस्या देखिएको र सामान्य औषधि दिएर जिल्ला अस्पताल जान सिफारिस गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्