११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘मनको शल्यक्रिया’ विमोचित


0
Shares

शनिबार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गीतकार डा. कृष्णहरि बरालले उक्त गजलसंग्रहको विमोचन गरेका हुन् ।

डा. कृष्णहरि बरालले ‘विपिन मर्मको गजलसंग्रहका गजलहरुले प्रेम, वियोग, समसामयिकता, देशप्रेम, प्रकृतिप्रेमलगायतका विविध पक्षहरु उत्कृष्ट ढंगले प्रस्तुत् गरी पुस्तकलाई गहकिलो स्वरुप दिन सफल भएको’ बताए ।

सो गजलसंग्रहको गजलकार पोष्टराज चापागाइँले समीक्षा गरेका थिए ।

हातेमालो साहित्य संगमले आयोजना गरेको कार्यक्रममा कवि तथा मुक्तककार रमेश पौडेल एवं संगीतकला पत्रकार संघका अध्यक्ष सुमन पण्डितले कृतिकोबारेमा प्रकाश पारेका थिए ।

गजल सन्ध्या, पोखराको प्रकाशनमा रहेको ‘मनको शल्यक्रिया’भित्र १०१ ओटा गजलहरू समाविष्ट छन् ।