२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


नेपालका अर्बपतिका छोराको विवाहमा ‘चाँदीको मन्डप’, सलमान खान पनि सहभागी (फोटोफिचर)


13
Shares

विनोदका छोरा बरुणको विवाहमा श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे पनि उपस्थित भए ।

यस्तै, उनका छोराको विवाहमा नेपाल–भारतका उद्योगी–व्यवसायी, बलिउड अभिनेता सलमान खानदेखि भारतका चर्चित सेलिब्रटी, राजनीतिज्ञ, लेखक, खेलाडीहरुको उपस्थिति रहेको थियो ।

विवाह गत विहीबार भारतको राजस्थानस्थित उदयपुरमा भएको हो । वरुणको विवाह भारत, जयपुरकी अनुश्री टोंग्यासँग भएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विवाह सम्पन्न गर्नका लागि भारतको बनारस, पुष्करलगायतका धार्मिक सहरहरुबाट ३५ जना पन्डितलाई बोलाइएको थियो भने मारवाडी संस्कारअनुसार सात फेरा लगाइएको थियो ।

विवाहका लागि सुरक्षासहितको ५०० ओटा कार र होटलका ७०० ओटा कोठा ‘बुक’ गरिएको जनाइएको छ ।

सन् २०१६ मा ‘फोर्ब्स’ पत्रिकाले विश्वभरिको अर्बपतिको सूचीमा उनको नाम समावेश गरिएको थियो ।

चौधरी ग्रुपका मालिक विनोदले यसभन्दाअघि छोरा राहुलको विवाह पनि मुम्बईका एक व्यापारीकी छोरी सुरभी खेतानसँग गराएका थिए ।

विनोद चौधरीका पूर्वज भारतको राजस्थानस्थित फत्तेपुरबाट नेपाल आएका थिए । उनका हजुरबुबाले सुरुमा काठमाडौंमा कपडाको पसल खोलेका थिए ।

हजुरबुबाले स्थापना गरेको व्यापारबाट विनोदले काठमाडौंमा रात्रिक्लब सन्चालन गरे । त्यसपछि आयात–निर्यातको व्यापार गरे र अहिले उनको चौधरी ग्रुपले बिमा, फास्टफुड, रियल स्टेट, इलेक्ट्रोनिक्सलगायतको क्षेत्रमा व्यापार गरिरहेको छ । 

तस्वीर : भारतीय सन्चारमाध्यमहरु