
सरकारी अस्पतालबाट मध्यपश्चिम क्षेत्रमै पहिलो पटक दाङस्थित राप्ती उपक्षेत्रीय अस्पतालले दुईवटा मेसिनबाट हेमो डायलासिस सेवा सुरु गरेको हो ।
डायलासिसका लागि २० जनाभन्दा बढीले नाम लेखाए पनि दुईवटा मेसिनबाट हप्तामा ६ जना बिरामीलाई मात्रै सेवा दिन सकिने फिजिसियन डा. जितनारायण यादवले बताए ।
दैनिक दुई जनालाई मात्रै सेवा दिन सकिने भएकाले सेवा विस्तारका लागि उपकरण, जनशक्ति तथा स्रोतको व्यवस्थापन आवश्यक भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्