
‘बीबीसी’का अनुसार पाकिस्तानको उत्तरी जिल्ला स्वातको मुख्य शहर मिनगोरामा चलेको उक्त प्रतियोगितामा भैंसी पाल्ने किसानहरु सबै भेला भएका थिए ।
स्थानीय पत्रीका ‘द दवन’ का अनुसार यस प्रतियोगीता तीन दिनसम्म चलेको थियो । “द दवन’ले राम्रो भैंसीको प्रजातीलाई प्रोत्साहन गर्नको लागि उक्त प्रतियोगीता सञ्चालन गरीएको थियो ।
यस शुन्दर भैंसी खोज्ने प्रतियोगितालाई अमेरिकी सरकारको बित्तिय संस्था युएसएडले आर्थिक सहयोगसमेत गरेको छ । जसमा सबैभन्दा सुन्दर भैंसीले एक लाख ५० हजार पुरस्कारसमेत पाएकी छिन् ।
लएक बदर नाम गरेका एक किसानले पालेको भैंसी सबैभन्दा सुन्दरी भैंसी घोषित भएकी छिन्। लएकले आँफुसंग यस प्रजातीको १० ओटा भैंसी भएको र सबै एक सय एक राम्रा रहेको बताए । उनले भने -‘मेरो भैंसीले पुरस्कार जितेकोमा गर्व लागेको छ ।’
बीबीसीले यस्तो सुन्दरी भैंसीहरुको प्रतियोगिता पहिलोपटक भएको उल्लेख गरेको छ ।
पाकिस्तानका पशुधन मन्त्रालयले अजीखेली प्रजातिको भैंसी लोप हुन लागेकोले स्थानीय तहमै यस्तो प्रतियोगिता गरीएको उल्लेख गरेको छ ।
मन्त्रालयका बरीष्ठ अधिकारी मुहिबुल्लाह खानले अजीखेली प्रजातिको भैंसी स्वात क्षेत्रमा मात्रै पाइने भएकोले यसको संरक्षणको लागि प्रतियोगिताा आयोजना गरीएको बताए ।
यस प्रजातीको भैंसीहरु चिसो वाताबरणमा मात्र पाइने गर्दछ । पशुविज्ञहरुले यस जातको भैंसी हेर्दा हुनदरमात्र नभइ यसले दिने दुध अन्य भैंसीकोभन्दा बढी र मिठो हने का छन् । त्यस्तै यसको माशुसमेत अन्य जातको भैंसीको तुलनामा बढी स्वस्थकर हुने उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्