१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


करिव ७८ हजार नर्सलाई पेशागत दक्षता अभिवृद्धि तालीम आवश्यक : अध्ययन


0
Shares

विहीबार (आज) नेपाल नर्सिङ सङ्घमा आयोजित कार्यक्रममा अध्ययनप्रतिवेदन सार्वजनिक गर्दै नेपालमा करिव करिव ७८ हजार नर्सलाई पेशागत दक्षता अभिवृद्धिको लागि सिपीडी तालीम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको अध्ययनले देखाएको हो ।

अध्ययनले नर्सहरुका लागि पेशागत दक्षता अभिवृद्धि गर्नको लागि सिपीडी तालीम सञ्चालन गर्न आवश्यकता रहेकोले नीतिगत रुपमै व्यबस्था गर्न सुझावसमेत दिएको छ ।

बेलायतको लिभरपुल जोन मोरेस विश्वबिद्यालय र बर्नमाउथ विश्वबिद्यालयको सहयोगमा नेपालको मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेन्स, नेपाल नर्सिङ काउन्सिल र नर्सिङ संघले संयुक्त रुपमा अध्ययन गरेका हुन् ।

अध्ययनमा सम्बन्धित क्षेत्रमा नीतिगत रुपमै रहेका, नर्सिङ पेशामा आबद्ध र विज्ञहरुसमेतको ६ समुहमा छलफल गरीएको अध्ययनमा संलग्न लिभरपुल जोन मोरेस विश्वबिद्यालयका सह प्रा.डा.सुजन बाबु मरहठ्ठाले बताए ।

डा.मरहठ्ठाले समय अनुसार परिवर्तन भैरहने स्वास्थ्यसंग जोडिएको गंभिर पेशामा दक्षता अभिवृद्धि तालिम अनिवार्य हुनुपर्ने बताउंदै यसको व्यबस्थापन नर्सिङ काउन्सिलले गर्नुपर्ने बताए । उनले भने –‘नीतिगत रुपमै ऐन नियमावली बनाएर कान्सिलले सदस्य नवीकरण गर्दा सिपीडी तालिम अनिवार्य गर्नुपर्दछ । तर, त्यसको लागि आवश्यक पुर्वाधार तालीमको ब्यबस्थापन र अनुगमन गर्ने वाताबरण तयार गर्नुपर्दछ ।’

अध्ययनले नर्स पेशामा आबद्ध अध्ययनमा सहभागिहरुले पनि सिपीडी तालिम आवश्यक रहेको उल्लेख गर्दै यसका लागि सरोकारवालाहरु नर्सिङ काउन्सिल, नर्सिङ संघ, स्वास्थ्य मन्त्रालय लगायतको सरोकारवालाहरुले महत्वपुर्ण भूमिका खेल्नुपन उल्लेख गरेको छ ।

अध्ययनमा संलग्न डा.विभा सिम्खडाले विदेशमा सिपीडी तालिम अनिवार्य रुपमा व्यवस्था गरीएको भएपनि नेपालमा कुनै त्यस्तो कुनै व्यबस्था नरहेको बताइन् । उनले भनिन् ‘अनुसन्धानमा सबै सरोकारवालाहरुले नर्सका लागि सिपीडी तालिम आवश्यक रहेको रहेको बताएका छन् ।’

नेपाल नर्सिङ संघकी उपाध्यक्ष अप्सरा पाण्डेले सिपीडी तालिमको आवश्यतकावारे पहिलेदेखि नै सरकारलाई भन्दै आएको बताउंदै अब अध्ययनले नै प्रमाणित गरीदिएकाले सबैले मिलेर काम गर्नुपर्ने बताइन ।

त्यस्तै, नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्माले सिपीडी तालीम सरकारी नर्सहरुको लागिमात्र नभई नीजि स्वास्थ्य संस्थामा कार्यरत सबै करिव ७८ हजार नर्सहरुलाई आवश्यक रहेको उल्लेख गर्दै यसका यसका लागि सरकारसँग छलफल गरेर अघि बढ्ने बताइन् ।