२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


१२ वर्षीय बालकले एक्लै कार चलाएर १३ सय किलोमिटरको यात्रा पार गरेपछि… (फोटोफिचर)


0
Shares

अष्ट्रलियन ती बालकलाई गत शनिबार न्यू साउथ वेल्सका प्रहरीले ब्रोकेन हिल नजिकैबाट पक्राउ गरेको ‘डेलीमेल’ अनलाइनले उल्लेख गरेको छ ।

ती बालकले १३ सय किलोमिटरको बाटोमा एक्लै कार चलाएर ब्रोकेन हिलनजिकै पुगेपछि कारको अगाडिको भागको बम्पर जमिनमा जोतिएको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार ती बालक न्यू साउथ वेल्सको केन्डालदेखि पर्थ सहरसम्म ४ हजार किलोमिटरको यात्राका लागि हिँडेका थिए । तर, उनको कार सामान्य दुर्घटना हुँदा प्रहरीले पक्राउ गरेपछि उनको यात्रा बीचैमा रोकिएको छ ।

उनका अभिभावकले गत शुक्रबार नै परिवारको कार लिएर उनी हराएको सूचना प्रहरीलाई दिएपछि खोजीकार्य तीव्र पारिएको थियो । पक्राउ परेपछि उनलाई ब्रोकेन हिल प्रहरी कार्यालय ल्याइएको छ ।

प्रहरीले उनी एक्लै कार चलाएर यति टाढा कसरी पुगे भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ । ती बालकले आफूले साउथ वेल्सको सुनसान र खराब बाटोबाट आफू आउन सफल भएको प्रहरीलाई बताएका छन् । 

उनले प्रहरीलाई बताएअनुसार धेरै ठाँउमा कारमा हालेको पेट्रोलको पैसा नतिरी भागेकासमेत थिए ।

ती बालकले ‘योंग अफेन्र्डस एक्ट’ उल्लंघन गरेकाले कारबाही हुनसक्ने बताइएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन । (एजेन्सी)