२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


शताब्दीमै छैठौं घटना : गर्भवती महिला पुनः गर्भवती, तीन सन्तान जन्माइन्


0
Shares

जोलेनी ब्रोडका अनुसार उनले गर्भवती भइसकेपछि पुनः अर्कोपटक गर्भधारण गरेकी हुन् । ‘मेरो गर्भमा दुई शिशु थिए, पछि तेस्रो पनि भएछ,’ उनले भनिन् ।

समाचार एजेन्सीहरुका अनुसार तेस्रो शिशुको जन्म अन्य दुई शिशु जन्मिएको दुई हप्तापछि भएको हो । जुम्ल्याहा शिशु जन्मिएको दुई हप्तापछि तेस्रो शिशुको जन्म भएको बताइएको छ ।

चिकित्सकहरु यस्तो घटना दुर्लभ हुने बताउँछन् । शताब्दी मै यस प्रकारको घटना छैठौं पटक भएको उनीहरुको भनाइ छ ।

चिकित्सकहरुका अनुसार कुनै महिला गर्भवती भएपछि दुई हप्तादेखि एक महिनाभित्र पुनः गर्भवती हुन्छन् भने विज्ञानको भाषामा त्यसलाई ‘सुपरफोएटेशन’ भनिन्छ । प्रोफेशर साइमन फिसेल भन्छन्, ‘प्रायः यस्तो घटना हुँदैन तर कहिलेकाहीँ भएको पाइन्छ । पहिलोपटक सन् १८६५ मा यस्तो घटना भएको पाइन्छ ।’ (एजेन्सी)