
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकको आज राजधानीमा प्रारम्भ गर्दै उनले स्वास्थ्यलाई ग्रामिण क्षेत्रको पहुँचसम्म पुर्याउनुपर्नेमा जोड दिए ।
‘सबैका लागि स्वास्थ्य’ भन्ने नारालाई सरकारले आत्मसाथ गरेको भन्दै उनले गरीबिमुखी स्वास्थ्य नीति सरकारको एजेण्डा भएको स्पष्ट पारे ।
कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले शहर केन्द्रीत स्वास्थ्यलाई ग्रामिण तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन सरकार लागि परेको बताए ।
बैठकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रगति प्रतिवेदन पेश गरिनुका साथै प्रतिष्ठानको सेवा विस्तार र शैक्षिक कार्यक्रमबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्