
स्थानीय फुलबारी क्लबको अग्रसरतामा आन्दोलनरत चिकित्सक र प्रशासनबीच भएको वार्तामा सहमति जुटेपछि अस्पताल संचालनमा आउने भएको हो ।
शनिवार (हिजो) मुस्ताङमा भएको बस दुर्घटनाका गम्भीर घाइते भएका १५ जनालाई उपचारका लागि ल्याइएकोमा चिकित्सकहरुले आफुहरु आन्दोलनमा भएको भन्दै उपचार गर्न अस्वीकार गरेका थिए ।
चिकित्सकहरुको कदमले आक्रोशित बनेका स्थानीयवासीले हिजो साँझ अस्पतालको मुल गेटमा तालाबन्दी गरी आइतबार (आज) विहान आन्दोलनमा रहेका चिकित्सकलाई समेत नियन्त्रणमा लिएका थिए ।
त्यस्तै, जनस्तरबाट व्यापक आलोचना भएपछि घाइतेको उपचार गर्न अस्वीकार गर्ने चिकित्सकहरुको नामवलीसहित मेडिकल काउन्सिल नेपालले अस्पताललाई स्पष्टिकरण मागेको छ ।
प्रतिक्रिया दिनुहोस्