
हामीले यहाँ पुस्तकसम्बन्धी केही रोचक तथ्यहरु पस्केका छौँ, जुन तपाईंलाई पनि रोचक लाग्न सक्छ ।
सन् १४४० मा जोहनेस गुटेनबर्गले हाते प्रिन्टिंग प्रेसको आविस्कार गर्नुपूर्व सबै पुस्तकहरु हातले लेखिन्थ्यो । एउटा पुस्तक किन्नका लागि कम्तिमा ६ महिना अघि अर्डर गर्नुपर्ने हुन्थ्यो ।
हातले लेखिएको सबैभन्दा पुरानो पुस्तक हिन्दु धर्मग्रन्थ ‘बेद’ हो ।
गुटेनबर्गले हाते प्रिन्टिंग प्रेसको आविस्कार गरेपछि सबैभन्दा पहिले छापिएको पुस्तक ‘बाइबल’ थियो ।
प्रख्यात इन्टरनेट सर्च इन्जिन गुगलका अनुसार संसारमा अहिलेसम्म १३ करोडभन्दा बढी पुस्तकहरु प्रकाशित भएका छन् ।
बिजनेस इन्साइडरका अनुसार अहिलेसम्मकै सबैभन्दा महंगो पुस्तक लियोनार्दो दा भिन्सिले लेखेका ‘कोडेक्स लेसिस्टर’ हो । जुन पुस्तक बिल गेट्सले ३०.८ मिलियन डलर अर्थात् करिव तीन अर्व १८ करोड २८ लाख ७२ हजारमा खरिद गरेका थिए ।
पुरानो पुस्तकको वासना सुंघ्न मन लाग्ने बानीलाई ‘बिब्लिओस्मी’ रोग भनिन्छ । जुन, पुस्तकमा लागेको धुलो, पुस्तकको पाना र पुरानो काठको मिश्रणबाट आउने गर्दछ । धेरै पुरानो पुस्तकालयमा मात्र यस्तो बासना आउने पुस्तकप्रेमीहरुको तर्क छ ।
प्रकाशक बरनेस र नोब्लेका अनुसार पुस्तकामा लेखिएको सबैभन्दा लामो बाक्य ८२३ शब्दको छ । यो बाक्य भिक्टोर ह्युगोले लेखेका ‘लेस मिजरेबल्स’ नामक पुस्तकमा छ ।
एकजना अपरिचित लेखकले आफ्नो नामविना पुस्तक लेखेका छन्, जसको कभर सुनले लेपन गरिएको छ । यो पुस्तक अझै लाइब्रेरी अफ कंग्रेसमा राखिएको छ ।
टाइपराइटर प्रयोग गरी लेखिएको पहिलो पुस्तकको नाम ‘द एडभेन्चर अफ टम सवेर’ हो । मार्क टवइनले लेखेका थिए ।
अमेरिकन राष्ट्रपति थेओदोरे रुजवेल्टले एकदिनमा एउटा पुस्तक पढ्ने गर्थे ।
संसारमा सबैभन्दा धेरै पुस्तक पढ्ने पढन्ते मानिसहरु आइल्याण्डका नागरिक हुन् । उनीहरु मौसमका कारण घरभित्र बसेर समय कटाउन पनि पुस्तक पढ्ने गर्छन् ।
संसारमा हरेक पाँच जनामा एक जनामात्र पुस्तकप्रेमी रहेको अनुमान गरिन्छ ।
अहिले संसारभरी कुल पुस्तकको बिक्री ७५ प्रतिशत अनलाइन र २५ प्रतिशत पुस्तक पसलहरुबाट हुने गर्दछ ।
द टेलिग्राफका अनुसार संसारमा अहिलेसम्म सबैभन्दा बढी पढिएको पुस्तक ‘बाइबल’, ‘क्वेसन्स फ्रम चेयरम्यान माओ त्से तुङ’, ‘ह्यारी पोर्टर’ र ‘डे सिभिलटेट मोरम पुएरिलिउम लिबेल्लुस’ (ल्याटिन १५३०) हो । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस्