
मनमोहन मेमोरियल हेल्थ फाउण्डेसनले शिक्षण अस्पताल स्वयम्भु र अमेरिकाको इन्टरमाउण्टेन मेडिकल सेण्टरको प्राविधिक सहयोगमा गत शुक्रबार र शनिबार ‘आरआइबी फिक्सेशन सर्जरी’ कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
फाउण्डेसनले अन्य देशका विशेषज्ञ चिकित्सकहरुबीच अनुभव आदानप्रदान भएकोले कार्यशाला एकदमै उत्साहजनक भएको बताएको छ ।
खेल, शारीरिक कसरत तथा अन्य विपतका कारण अवस्थामा दुर्घटनामा परी छातीको करङमा चोट पुगेमा ‘आरआइबी फिक्सेशन सर्जरी’ मार्फत उपचार गर्नुपर्ने हुन्छ । नेपालमा यस्ता बिरामीको चाप बढीरहेको अवस्थामा खोज तथा अध्ययन गरी आधुनिक उपचारको लागि ‘फिक्सेशन सर्जरी’ कार्यशालाको आयोजना गरिएको फाउण्डेसनले बताएको छ ।
छातीको करङमा चोट लागेको बिरामीले समयमै उपचार नपाए वा पुराना उपचार पद्धतिमार्फत उपचार गरे अन्य संक्रमणजन्य रोग लाग्ने र बिरामीको मृत्युसमेत हुने गर्दछ । त्यस्ता बिरामीलाई ‘आरआइबी फिक्सेशन सर्जरी’मार्फत उपचार गरिए प्रभावकारी हुने गर्दछ ।
कार्याशालाको पहिलो दिन अमेरिकाका ‘आरआइबी फिक्सेशन सर्जरी’मा विशेषज्ञता हासिल गरेका प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै दोश्रो दिन प्रयोगशालामा अन्तर्क्रिया तथा अनुभव आदानप्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्