
संचार सम्पर्कको निम्ति गाउँ गाउँमा बितरित टेलिफोन अवरुद्ध भएपछि सर्बसाधारणको लगानी खेर गएको छ ।
पूर्बाञ्चलमा भिस्याट प्रणालीद्धारा संचालित एक हजारभन्दा बढी टेलिफोन बन्द भएको संचालकहरुले बताएका छन् ।
एसटिएम कम्युनिकेशन कम्पनीले सरकारी अनुदानमा प्रतिथान ३५ हजार रुपैंयाँ लिएर उक्त टेलिफोन उपभोक्तालाई बितरण गरेको थियो ।
प्राबिधिक दक्षताको कमी र कम्पनीको लापारवाहीले बिद्युत र ताररहित भिस्याट प्रणालीको टेलिफोन अबरुद्ध भएको ताप्लेजुङ घुन्साका उपभोक्ता पासाङ शेर्पाले बताए ।
ताप्लेजुङका विकट ओलाङ्चुङगोला, लेलेप, पापुङ लगायतका हिमाली स्थानमा यो सेवा बढि सञ्चालनमा रहेको थियो ।
टेलिफोन बन्द हुँदा एक दिनसम्म हिंडेर फोन गर्न जानुपर्ने बाध्यतामा स्थानीय रहेका छन् । एसटिएम कम्पनीका अनुसार यस्तो प्रकृतिको फोन ताप्लेजुङमा ६४ वटा संचालित थिए ।
प्रतिक्रिया दिनुहोस्