७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


लुम्बिनी क्षेत्रमा सुरु भएका विकास निर्माणका काम समयमै पूरा गर्न दबाब


0
Shares

भैरहवा, जेठ ८ । लुम्बिनी क्षेत्रमा सुरु भएका विकास निर्माणका योजना निर्धारित समयमै पूरा गर्न दबाब दिँदै नागरिक समाज लुम्बिनीले सरकारको ध्यानाकर्षण गराएको छ ।

नागरिक समाज लुम्बिनीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाउँदै शुरु भएका विकासका काममा विलम्ब नगर्न ध्यानाकर्षण गराएको हो ।

लुम्विनीस्थित राजकीय बुद्धबिहारका प्रमुख भन्ते सागर धम्मको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भैरहवा—लुम्विनीको निर्माणाधीन सडक, पुलको अवस्था, विकास निर्माणमा कामको गुणस्तर, धुलो, ध्वनी प्रदूषण तथा फोहोरमैलाको समस्याका बारेमा उल्लेख गरिएको छ ।

त्यसैगरी उद्योगहरुको प्रदूषणका कारण लुम्बिनीको अस्तित्व नै खतरामा पुगेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण पनि गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी राना मगरले लुम्बिनीको पर्यटन प्रबद्र्धन र विकास निर्माणमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए ।