
यसअन्तर्गत् एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिनसक्ने कम्पनीले जनाएको छ ।
यही विहीबारदेखि लागू भएको यस योजनाअन्तर्गत् एनसेलका सबै ग्राहकहरुले अब न्यूनतम् ६ पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्राप्त गर्र्ने जनाइएको छ ।
ग्राहकले कुनैपनि समयमा चलाउन सकिने ‘अल टाइम डेटा प्याक’, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने ‘डे डेटा प्याक’ र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने ‘नाइट डेटा प्याक’ ल्याएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्