
राष्ट्रसंघको मानवीय सहायतासंवन्धी कार्यालयका एक जना अधिकारीले सन् २०१६ को जुन १८ देखि अहिलेको अप्रिल १४ सम्ममा ६ हजार २२२ जना हैजासम्वन्धी विरामी भेटिएको जानकारी दिए ।
सुख्खा मौसमका बेलामा देशभरी यस्ता नयाँ विरामीहरुपनि थप देखिँदै गएको उनले बताए ।
लगातारको द्वन्द्वका कारण विस्थापित हुनुपर्ने, विस्थापित भएका ठाउँमा खाना, पानी र सरसफाई राम्रो नहुने लगायतका कारणले हैजा हुने गरेको राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसैवीच, श्रींखलाबद्ध सशस्त्र आक्रमणमापरी दक्षिणी सुडानमा पूर्वी प्रदेश बोमामा अघिल्लो हप्तामात्रै कम्तीमा ५५ जना आम नागरिकको मृत्यु भएको थियो ।
स्थानीय अधिकारीहरुले त्यस अवधिमा थप २० जना घाइते भएको र आठ हजारभन्दा बढी विस्थापित भएको जनाएका छन् ।
दक्षिणी सुडानका नानाम, कोङगोर र लुकोङगोलमा बिहीबारसम्म छापा मारिएको बोमा प्रदेशका सुचनामन्त्री जोहन अचोनले जानकारी दिएका छन् ।
दक्षिणी सुडानका लागि राष्ट्रसंघीय मिसन अनमिसले सुडानमा सरकारी पक्ष र विपक्षीबीच लडाइहरु भइरहेको जनाएको छ । रासस÷सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्