
रोग लागेर उपचारकै अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्दै निःशुल्क उपचारको कार्यक्रमहरु विस्तार भएसँगै स्वास्थ्य क्षेत्रमा सुधार भएको हो ।
लामो समयदेखि सुर्तीजन्य पदार्थमा लगाइएको करबाट उठेको रकम खर्च हुन सकेको थिएन । स्वास्थ्य कर कोषमा उठेको रकम स्वास्थ्य क्षेत्रमै खर्च गर्नुपर्ने प्रावधान रहेपनि सरकारले रकम उपयोग नगर्दा ठूलो रकम अर्थ मन्त्रालयमा त्यत्तिकै थन्किएको थियो ।
अब भने स्वास्थ्य मन्त्रालय स्वास्थ्य कर कोषमा रहेको रकम उपयोग गर्न कम्मर कसेर लागेको छ ।
ठूला भनिएका रोग लागेर उपचार गर्न नसकेर कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य कर कोषमा रहेको रकम खर्च गराउन लागेका हुन् ।
जसअन्तर्गत् मुटुको बाथरोगीहरुको भल्व निःशुल्क फेर्न सहिद गंगालाल हृदय केन्द्रलाई १२ करोड रुपैयाँ रकम पठाइसकिएको छ भने निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि राष्ट्रिय मानवअंग प्रत्यारोपण केन्द्र, वीर अस्पताल र टिचिङ अस्पताललाई तीन महिनाका लागि ७ करोड रकम पठाइसकिएको मन्त्री थापा बताउँछन् ।
स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगीलाई आजिवन निःशुल्क डायलासिसको व्यवस्था मिलाउँदै आएकोमा हाल मिर्गौला प्रत्यारोपण गराउन चाहनेलाई यही वैशाख १ गतेदेखि निःशुल्क गराउने व्यवस्था थालिएको छ ।
मिर्गौला प्रत्यारोपण गराउन १० देखि १२ लाखसम्म खर्च लाग्छ । हालसम्म दुईजनाले निःशुल्क प्रत्यारोपण पनि गराइसकेका छन् ।
आगामी आर्थिक वर्षदेखि भने यी सबैमा सरकारको नियमित कार्यक्रमअन्तर्गत् राखेर बजेट बिनियोजन गरिने भएको छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमा ऐन पारित गराउँदैछ । स्वास्थ्य ऐन पास भएसँगै सरकारले दिइरहेको १२ ओटा रोगको छुट, सबै स्वास्थ्य बिमामा गएर गाभिनेछ र सोही कार्यक्रममार्फत् सबै रोगको उपचार निःशुल्क गराउने व्यवस्था मिलाइने छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्