
तर, दुर्गममा चिकित्सक पुगेपनि उपकरण नहुँदा काममा समस्या परेपछि स्वास्थ्य उपचार प्रभावित हुन पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासनका शाखा अधिकृत प्रेमलाल दुवाले धेरै स्वास्थ्य केन्द्रमा चिकित्सक गइसकेको बताए । उनले भने, ‘चालु आवमा मन्त्रालयले मेडिकल अफिसर आठौँ तहमा २०२ र १७९ अस्थायी चिकित्सक नियुक्त गरी स्वास्थ्य केन्द्रमा पठाइसकेको छ । तर, अस्थायी चिकित्सक माग गरे जति आउँदैनन् । विशेषज्ञ चिकित्सक नौ तहमा हामीले १५९ जना मागेका थियौँ, १२८ निवेदन पर्यो । त्यसमा पनि अहिलेसम्म ४० जनाले मात्र पत्र बुझी जिल्ला गएका छन् ।’
मन्त्रालयले दुर्गमका सबै स्वास्थ्य संस्थामा चिकित्सक पुर्याउने लक्ष्यअनुसार विशेषज्ञ चिकित्सक स्थायी ११औँ तहमा ३३, नवौँ तहमा ८७ र डेन्टल सर्जन आठौँ तह पाँचजना नियुक्त गरेको छ । हरेक स्वास्थ्य केन्दमा आठौँ तहका चिकित्सक क्षेत्रीय, अञ्चल र जिल्लामा भने आठौँ सोभन्दा माथिका चिकित्सक रहने व्यवस्था सरकारले गरेको छ । सरकारले एउटा स्वास्थ्य केन्द्रमा दुई चिकित्सक पठाउने लक्ष्य राखेको छ ।
शाखा अधिकृत दुवाका अनुसार अस्थायीको अवधि एक आव मात्र हुन्छ । त्यसपछि पुनः काम खोज्न समस्या हुने भएकाले धेरै चिकित्सक भएको काम छोडेर छोटो समयका लागि अस्थायीमा काम गर्न मान्दैनन् ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाको सबै स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउने, उपकरण र भौतिक पूर्वाधार निर्माण गर्ने विषयमा विशेष ध्यान दिएको भनाइ छ । मुगु जिल्ला अस्पतालमा स्थायी नियुक्त लिएर पुगेका डा.जितेन्द्र कँडेलले दुर्गममा आवश्यक स्रोतसाधनको अभाव मुख्य समस्या भएको बताए । । उनले रासससँग कुरा गर्दै भने,–‘दुर्गममा मुख्य समस्या उपकरणको हो । आएका उपकरण पनि कतिपय प्रयोग नै नभएर स्टोरमा थन्किएको अवस्थामा छ । दुर्गममा बाटोघाटो, पानी, बिजुली सबैको अभाव छ । दुर्गममा सोचभन्दा दयनीय स्थिति छ ।’
यसै वर्ष नियुक्ति लिएर जिल्ला पुगेका चिकित्सकहरुले मुख्यतयाः गर्भवतीका लागि चिकित्सक नहुँदा धेरै समस्या भोग्नु परेको अनुभव सुनाएका छन् । केशरापुर प्राथमिक स्वास्थ्य केन्द्र बैतडीमा गत फागनुमा नियुक्ति लिएर पुगेका डा.जीवन कार्कीले स्वास्थ्य संस्थामा बत्ती नभएकाले उपकरण ल्याएरपनि प्रयोगमा ल्याउन गाह्रो हुने बताए । उनले भने, ‘दुर्गममा चिकित्सक आउन नमान्नुको मुख्य कारण उपकरण, स्रोतसाधन नभएरै हो । यस स्वास्थ्यसंस्थामा पनि ६ वर्षपछि म आएको हुँ । यहाँ बिरामीको उपचार गर्न नसक्ने भए रिफर गर्न विकल्प छैन । एम्बुलेन्स नहुदाँ अझ धेरै समस्या छ । जसको कारण गर्भवतिलाई धेरै समस्या भएको छ ।’
पहिला चिकित्सक बन्नुको उद्देश्य असह्य बिरामीलाई उपचार गर्नु वा समाज सेवा गर्नु भन्ने थियो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले अहिले समय फेरिएको छ, अब चिकित्सकको उद्देश्य पनि विस्तार भएको छ । पढ्दा लाग्ने खर्चदेखि सोही अनुसारको जीवनयापनलगायत विषयले निःस्वार्थ सेवाभन्दापनि आर्थिक लाभ यसैसँग जोडिएको छ भन्छन् ।
सरकारले हरेक वर्ष दुई सयको हाराहारीमा छात्रवृत्तिमा एमबिबिएस सरहको चिकित्सक उत्पादन गर्छ भने निजी लगानीमा त करिब दुई हजार जति चिकित्सक उत्पादन हुन्छन् । सल्लाहकार पौडेलले स्वास्थ्य केन्द्रमा उपकरण पु¥याउनका लागि मन्त्रालयले तत्काल रु ९६ करोड छुट्याएर उपकरण खरिद प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।
मन्त्रालयले सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्वताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण पुर्याउन रकम छुट्याएको हो ।
प्रतिक्रिया दिनुहोस्