
शरीरको छाला सबै छेपारोकोजस्तै बाक्लो र पत्र–पत्र छुट्टिएपछि मानिसहरुले उनलाई ‘छेपारो केटी’समेत भन्न थालेका छन् ।
मेडिकल भाषामा ‘लमेल्लर इच्थ्योसिस्’ भनिने छालासम्बन्धी यस्तोे रोग ६ लाख बालबालिकामा एकजनालाई हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।
यस्तो रोगलाई सामान्य भाषामा छाला कडा र पत्र–पत्र भइ छेपारोकोजस्तो छाला वा ‘माछाकत्ले’ रोग पनि भनिन्छ ।
भारतको दिल्लीमा बसोबास गर्ने सामाको पूरै शरीरको छाला सुक्खा हुने, पत्र–पत्र गरेर उप्किने र कडा हुने, अत्यन्तै पीडा हुने र शरीरको अरु भागहरुमा संक्रमणसमेत हुनसक्ने भएकोले दिल्लीका चिकित्सकहरुले त्यसलाई ‘असमान्य रोग’ भनेका छन् ।
बाबु–आमा तथा आफ्ना पूर्वजमा भएको असामान्य जेनेटिक समस्याका कारण जन्मने शिशुमा हुने जेनेटिक विकृतिका कारण यस्तो समस्या देखिने चिकित्सकहरुले बताएका छन् ।
ब्रिटिस स्किन फाउन्डेसनका प्रवक्ता तथा छालारोग विशेषज्ञ डा.अञ्जली महतोले यस्तो समस्यामा निरन्तर मोस्चराइजर क्रिम लगाएर विशेष उपचार तथा स्याहार गर्नुपर्ने बताएकी छन् ।
उनकाअनुसार यो जेनेटिक रोग भएकाले उपचारभन्दा पनि छालाको स्याहार गर्नुपर्दछ । यसको उपचार यहि नै हुन्छ भन्ने छैन ।
डा. महतोले भनिन्–‘लमेल्लर इच्थ्योसिस्’ एकप्रकारको दुर्लभ बाबु–आमा तथा पूर्वजको जीनबाट जन्मने बच्चामा देखापर्ने जेनेटिक रोग हो, जसले छालालाई हानि गर्दछ ।’
उनकाअनुसार छालाको कोषहरुले सामान्यरुपमा काम गरेपनि छालालाई चाहिने प्रयाप्त उत्पादन हुन सक्दैन । जसबाट सामान्य तापक्रम तथा जन्मेको वातावरणलेसमेत थप प्रभाव पारेको हुन्छ ।
प्रतिक्रिया दिनुहोस्