
तपाइँ संसारको जुनसुकै स्थानमा उडेर जान सक्नुहुनेछ र त्यहाँको वास्तविक दृष्यको अनुभव गर्न पाउनुहुनेछ । तपाइँको आफ्नै मस्तिकलेसमेत बिर्सने छ कि तपाइँ आफ्नै घरको कोठामा बसिरहनुभएको छ ।
गुगल अर्थले गुगल भर्चुअल रियालिटीको सुरुआत यसअघि नै गरेको हो । त्यतिखेर तपाइँ पृथ्वीको निश्चित ठाँउहरुमात्र घुम्न सक्नुहुन्थ्यो । तर, यसै हप्ताबाट गुगलले सुरु गरेको गुगल भर्चुअल रियालिटी (भीआर) प्रोजेक्टमार्फत् तपाइँले आफ्नै गन्तव्य तय गरेर संसारको जुनसुकै स्थानको यात्रा सुरु गर्न सक्नुहुनेछ ।
सुन्दा अचम्म लाग्न सक्छ, के साँच्चिकै वास्तविक दृष्यहरु अवलोकन गर्न सकिन्छ त ?
‘लाइभ साइन्स जर्नल’मा प्रकाशित खबरअनुसार वास्तविक दृष्यहरुभन्दा अझै एडभेन्चर दृष्यहरु देख्न सकिन्छ ।
आफैंले ठेगाना खोजेर तुरुन्त त्यस ठाँउमा पुग्न सकिन्छ । त्यो सगरमाथाको आधार शिविर होस् या तपाइँको आफ्नै घरको छत । सबैतिर तपाइँ उड्न सक्नुहुनेछ ।
संसारको प्रसिद्ध पर्यटन गन्तव्य होस् या पेरिसको आइफल टावर सबैतिर पुग्न सक्नुहुनेछ ।
त्यस्तै, दक्षिण अफ्रिकाको टेबल माउन्टेन तथा अर्जेन्टिनाको पेरिटो मोरेना ग्ल्यासियरसमेतको यात्रा गर्न पाउनुहुनेछ ।
जर्नलमा प्रकाशित खबरअनुसार गुगलले तपाइँलाई अहिले गुगल भर्चुअल रियालिटीमा २५ ओटा सहर घुम्न अनुरोध गरेको छ । बाँकी तपाइँको इच्छा, जहाँ जान चाहानुहुन्छ ।
गुगल अर्थले यो प्रोजेक्टअन्र्तगत् पृथ्वीलाई नै थ्रीडी नक्सामा उतारेको छ ।
प्रोजेक्टका प्रबधक निर्देशक जोआना किमले आफ्नो ब्लगमा लेखेका छन्–‘मानिसहरु यात्राका लागि आफ्नो बितेको समय, अविस्मरणीय वा बाल्यकाल गुज्रेको स्थानमा फेरि जान चाहन्छन् । अब उनीहरुको सपना पूरा भएको छ, जब गुगल भर्चुअल रियालिटीमा ठेगाना लेख्छन्, तब उनीहरु त्यहिँ पुग्छन् र वास्तविक दृष्यको मजा लिन सक्छन् । यसका लागि थ्रीडी हेडसेडको आवश्यकता पर्दछ ।’
त्यस्तै, भर्चुअल रियालिटीमा २७ ठाउँहरुको पनि यात्रा गर्न सकिन्छ, जुन यस पृथ्वीमै छैन । यो विश्व प्रसिद्ध हलिउड फिल्म निर्माता वर्ल्ड डिज्नेले बनाएको ‘स्लीपिङ ब्युटी’ महलको प्रेरणाबाट तयार गरिएको सहर हो ।
गुगल भर्चुअल रियालिटी (भीआर) ओकुलस टर्चको सहायताले आफ्नो यात्रालाई नियन्त्रण गर्न सकिनेछ ।
टर्चको सहायताले अन्तरिक्षमा पुगेर पृथ्वीको कुनैपनि स्थानमा फोकस गरी उडेर त्यस स्थानमा जान सकिन्छ । यसको लागि ओकुलस स्टोरमा गएर निःशुल्क जोडिन (स्ट्रिमिङ) सक्नुहुनेछ । (एजेन्सी)
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्