
सामसुङ नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यी फोन सार्वजनिकसँगै बुकिङ खुला गरेको हो ।
स्थानीय बजारमा सामसुङ एस ८ को मूल्य ८८ हजार ९ सय र एस ८ प्लसको ९८ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
पानी र धुलो नछिर्ने दाबी गरिएका यी सेटमा उच्च क्षमताका ब्याट्री प्रयोग गरिएको जनाइएको छ ।
आन्तरिक मेमेरी ६४ जीबी रहेको छ ।
सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले नयाँ सेट नेपालीलाई सुहाउँदो र नयाँ फिचरसहितको रहेको बताए ।
यी दुबै सेटमा चार जीबीको र्याम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्