
करम नाम गरेका ती बालकलाई गत अक्टोबरमा उनका बाबु–आमाले शल्यक्रियाका लागि भारतको नयाँदिल्लीस्थित जयपी अस्पताल ल्याएका थिए ।
अस्पतालले ६ महिनाभित्र तीन चरणमा ‘जीवन बदल्ने’ शल्यक्रियामार्फत् सफल उपचार गरिदिएपछि करम स्वस्थ भएर घर फर्किएका हुन् ।
८ हात–खुट्टासहित जन्मेपछि उपचार नहुने हो कि भनेर करमका बाबु–आमा डराएका थिए । तर, सात महिनाका छोरोको सफल शल्यक्रिया सम्पन्न भएपछि दुबैजना खुसी छन् ।
२८ वर्षीय बाबु सर्वेद अहमद नादरले करम आफ्नो एक्लो र पहिलो सन्तान भएकोले विशेष भएको बताए । उनले भने–‘अहिले मेरो छोरो स्वस्थ छ र हामी सबै परिवार निकै खुसी छौं ।’
शल्यक्रियामा संलग्न अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा. गौरव राठौरले आफ्नो पेसामा अहिलेसम्मकै जटिल ‘केस’ भएकोले धेरै मेहनतकासाथ शल्यक्रिया सम्पन्न गरेको बताए ।
डा. राठौरले भने–‘जब करम अस्पताल आएका थिए, उनी जम्मा दुई हप्ताका थिए र उनको अवस्था निकै जटिल थियो ।’
डा. राठौरकाअनुसार अस्पताल आउँदा करमको चारओटा अतिरिक्त खुट्टा र दुई हात थिए । एक जोडी खुट्टा सामान्य नै थियो । तर, अरु खुट्टाहरु हातजस्तै लामो–छोटो फरक–फरक थिए ।
चिकित्सकहरुले करम गर्भाशयमा जुम्ल्याहा रहेको तर एक भ्रूण विकसित हुन नसक्दा सबै अंग एउटैमा विकसित भएकाले ‘पोलिमेलिया’का कारण जन्मजात नै विकृत देखिएको बताएका छन् ।
अस्पतालले यस्तो किसिमको जन्म निकै दुर्लभ विकार भ्रूणबाट हुने उल्लेख गरेको छ । यस्तो जन्ममा आमाको गर्भाशयमा जुम्ल्याहा भ्रूणको विकास हुन सुरु हुने तर पछि पोलिमेलियाका कारण दुबै भ्रूणमध्ये एक वा सबै भ्रूण विकसित हुन बन्द हुने गर्दछ ।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्